कक्रोजको प्रेमिका मिडियामा , को हुन उनी जान्नुहोस, (तस्बिर सहित)

काठमाडौं / नेपाली हाँस्य टेलिसिरियलहरुको भिड भित्र छोटो समयमै बेग्लै पहिचान बनाउन सफल लोकप्रिय सिरियल “सक्किगोनी’ मा नयाँ कलाकारहरुको आगमन हुने क्रम बढ्दो छ । पुराना कलाकारहरु यथावत रहेतापनि कथा अनुसार सककिगोनी टिमले नयाँ प्रतिभालाई स्थान दिँदै आइरहेको छ ।

केही समय अगाडि नयाँ कलाकारको रुपमा भित्रिएको प्रियाना आचार्य रातारात भाइरल बनिन् । मधेसी हाउभाउमा प्रस्तुत भएकी प्रियाना “मुन्नी” नामले परिचित छिन् । सिरियलको सुरुवाती दिनमा जिग्रिको प्रेमिका बनेर अभिनय गरेकी मुन्नि अहिले बलेको प्रेमिका बनेकी छिन्

अब कुरा गरौं गतहप्ताको : गतहप्ताको “सक्किगोनी” सिरियलमा पनि केही नयाँ अनुहारहरु देखा परेका थिए, जसमध्य हरिश निरौला ‘कक्रोज’ को प्रेमिका बनेर देखा परेकि युवती अहिले निकै चर्चामा छिन् ।

उनी को हुन, भन्ने धेरैको मनमा जिज्ञासा पक्कै पलाएको हुनुपर्छ, तर उनी परिचित नै अनुहार हुन् । पछिल्लो समयको लोकप्रिय एप टिकटक स्टार केही म्युजिक भिडियोमा सकेत अभिनय गरिसकेकी उषा उप्रेती हुन्, जो कक्रोजको प्रेमिका बनेर सिरियलमा प्रस्तुत भएकी थिइन् ।

सिरियलले धेरै कलाकारलाई स्थापित गरिसकेको परिवेशमा उनी पनि अवसर खोजिरहेकी छिन् । के उनले अब सिरियलमा निरन्तरता पाउला त्यो भने आगामी श्रृङखलाहरुले बताउला तरपनि; उनको अभिनय धेरैले मन पराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस