शुक्रबार राति लाग्दैछ चन्द्रग्रहण, कुन राशीलाई शुभ / अशुभ

आउँदा शुक्रबार राति चार घण्टा चन्द्र ग्रहण लाग्ने भएको छ । यो चन्द्रग्रहणलाई खग्रास र खण्डग्रास भनिने छैन । राति १० बजेर ५२ मिनेटमा शुरू हुने चन्द्रग्रहण चार घण्टाका लागि रहने बताइएको छ । राति १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यस्तो छाँया दुई प्रकारको हुन्छ, सघन र बिरल।

यदि चन्द्रमामा पृथ्वीको सघन छाँया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाँया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ। यो ग्रहण नाङ्गो आँखाले छुट्याउन भने नसकिने उनले बताए । वैज्ञानिकहरूलाई यो ग्रहण अध्ययनको विषय हुने भएकोले महत्वपूर्ण रहेको उनले बताए।

यो चन्द्र ग्रहणले कुन राशीलाई राम्रो कुनलाई नराम्रो भन्ने खुलेको छैन। यो चन्द्र ग्रहण आखाले नदेखिने भएकोले यसले कुनै पनि राशीको मानिसलाई केही असर नगर्ने पनि बताईएको छ। यो पनि हेर्नुहोस ।

तपाईको प्रतिक्रिया दिनुहोस