बिहे गर्दै नेपाल आईडल रवि ओड , को होलिन उनको जीवन सङ्गिनी, हेर्नुस पूरा

चर्चित गायन रियालिटि शो नेपाल आइडलको दोस्रो संस्करण विजेता रवि ओडको नयाँ गीतहरु बजारमा आउने क्रम जारिरहेको छ । नयाँ गीत र मेला महोत्सवहरुमा व्यस्त रहेका गायक ओडले विवाह गर्ने तयारीमा रहेको एक अन्तर्वार्तामा बताएका छन् ।

कन्चनपुर जिल्लाकाे कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र अाेड र अामा उमा अाेडकाे काेखबाट २०५४ साल चैत्र महिनामा जन्मिएका रवि अामा बुवाकाे तेस्राे सन्तान हुन । मुख्य अायश्राेत र राेजिराेटिकाे अाधार भारतकाे ‘वाचम्यान’काे जिन्दगी बाँचिरहेका उनका बाज्या र बुवाले अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए ।

उनकाे पुर्ख्याैली थलाे साविककाे अछाम बुढाकाेट गाविस हाे भने हाल साँफेबगर नगरपालीकामा पर्दछ । बाज्या र बुबाले अछाम छाेडेर कन्चनपुर गएपछि उतै जन्मिएका उनि अछाम पुगेका छैनन तर उनि भित्र अाफ्नाे पुर्ख्याैली थलाेमा पुग्ने अधुराे रहर भनै अझै जिवितै छ । लाेटस अाइ स्कुलमा १२ मा अध्यनरत रविलाइ संगितकाे रसले छाेइरहेकाे छ ।

बाध्यता गरिवीकाे जिन्दगीले पिल्सिएका रविका बुढा बुवा अहिले पनि भारतमा ‘वाचम्यानकाे’ काम गरिरहेका छन । उनि अाफै पनि भारतमा गएर काम गरेकाे स्मरण गर्छन । “केहि महिना भारतमा काम गरेँ तर बुवाले जति दुख हर्नुछ मुइ हरूला तु नेपालमा गैकन राम्ररी पढ” भनेपछि उनि नेपालमै फर्किएर पढ्न थाले ।

उनका बुवा चाहान्थे कि जुन दुख अाफुले भाेगिरहेकाे छु त्याे मेरा सन्तानले भाेग्न नपराेस, जसरी अाफुले अर्काकाे देशमा पसिना बगाइरेकाे छु त्यसरि मेरा सन्तानकाे रगत र पसिना अाफ्नै देशमा बगाेस…..

सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाज्याकाे प्रेरणाबाट गीत संगितमा लागेकाे बताउछँन् । बाज्याले अछामी माैलीक गितहरू गाउने गरेकाे उनि बताउछन । बाज्याले गाएकाे सुदूरपस्चिमेली देउडा र ठाडिभाका सुन्दा सुन्दै उनलाइ नेपाली गित संगितकाे मात चढ्याे । उनकाे अावाज बुढिगंगा जस्तै कलकल कलकल अाफ्नै गतिमा बगिरहन्छ ।

तर जब उनि पप लगाएत अन्य हाइ रेन्जकाे गित गाउछन उनकाे अावाज बुढिगंगा जस्तै रहदैन एक्कासी बढ्ने छिपेखाेलकाे रफ्तार र लयमा बग्न थाल्छ । यतिमात्र हाेइन उनि खप्तड रामाराेशन जस्तै सुन्दर गित ठाडिभाका समेत गाउन सक्छन । खप्तड, रामाराेशनकाे काखका रहेका उनि खप्तड, रामाराेशनजस्तै राज्यकाे नजरबाट टाढा रहन चाहादैनन ।

अाफ्नाे हुनर सबै नेपालीलाइ देखाउन चाहान्छन । अहिले मेराे गित संगितकाे प्रेरक बाज्या र मलाइ जन्माउने अामा मसंग छैनन । यदि उनिसंगै भइदिएकाे भए याे खुसि सुरुमा उहाँहरूसंगै साट्ने थिएँ ।

तपाईको प्रतिक्रिया दिनुहोस