परदेशीको पिडा , सन्तोष एउटा प्रतिनिधि पात्र , यसरी पोखे पिडा ( भिडियो सहित )

श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवनकी एक महिला सम्पर्क विहिन भएपछि अहिले श्रीमान यता र उता भौंतारिएका छन । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय श्रीमती प्रमिला सुनार यहि मंगसिर २४ गतेबाट हराई रहेकी छिन भने अहिले उनका श्रीमान रुँदै श्रीमती र आफ्नो सम्पती खोजिदिन आग्रह गरेका छन।

पर्मिलाले आफ्नो साथमा भएको दुई लाख नगद, दुई तोला सुन सहित बैंकको सम्पुर्ण कागजात र श्रीमानको नागरिकता समेत लिएर भागेको बताएका छन। साउदीको चर्को घाममा काम गरेर कमाएको पैसा र सम्पति श्रीमतीले लिएर फरार भए पछी अहिले दुई सन्तानको पनि बिचल्ली भएको छ भने सन्तोषको बिदेश जाने दिन पनि नजिकिदैं गरेको छ। उनि अहिले पिडामा रहेका छन। आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले केहि भित्रि कुराहरु पनि खोलेका छन।

पत्रकार सम्मेलनमा आफ्नो पीडा सुनाउँदै गर्दा उनी निकै भावुक बने । उनको बोली नै अवरुद्ध भएको छ । उनले बोल्नै नसकेपछि संगै रहेकी दिदीले थप कुरा खुलाएकी थिइन् । श्रीमती घर बाहिर निस्कनु अघि एक दिन पहिला पनि फोनमा कुरा भएको उनले बताए । उनले आफु हेर्दा नराम्रो भएपनि मैले जति सुख कसैले नदिने पनि उनले दावी गरे । उनले निकै भावुक हुँदै भने प्रमिला मलाई धोका दिएर गएकी छौं, म कसम खाएर भन्छु मैले जति माया तिमीलाई कसैले पनि खुसी दिन सक्दैन ।

प्रमिलाले आफु घर बाहिर निस्केर जानु अघि आफ्नो भाईबुहारीलाई फोन गरेर आफु अरुनै केटासंग विवाह गरेर जान लागेको बताएको आफुले जानकारी पाएको बताए । उनले आफु विदेशमा बस्ने केटासंग विवाह गरेर जान लागेको भनेर आफ्नो भाईबुहारीलाई भनेको पत्रकार सम्मेलनमा दिदीले सुनाइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस