देवर भनेर पर्मिलाको घरमा रात बस्ने र स्कुटिमा पटक पटक घुमाउने केटोको खुल्यो रहस्य ( भिडियो सहित )

चितवन- भरतपुर महानगरपालिका वडा न १३ उज्वलनगर बस्ने बर्ष २८ कि प्रमिला सुनार वेपता भएको भन्दै खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।

गत मंसिर २४ गते माईत जान्छु भनेर हिड्नु भएकी प्रमिला अहिलेसम्म परिवारको सम्पर्कमा नआएपछी पत्रकार सम्मेलन गर्नु परेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताउनु भएको छ । प्रमिलाको साथमा करिब सात लाख रुपैयाँ, गरगहना, नागरिकता, चेक बुक समेत रहेको परिवारले जनाएको छ ।विदेशमा रहेका श्रीमानसँंग माईत जाने अघिल्लो दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपछी फोन सम्पर्क समेत हुन नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताउनु भयो ।

श्रीमती सम्पर्कमा नआएपछी नौ दिनमा आपतकालिन टिकट काटेर घरमा आएको भन्दै सन्तोषले श्रीमान श्रीमतिको बिचमा राम्रो सम्बन्ध रहेको बताउनु भयो । एक छोरा र एक छोरीको बिचल्ली भएको भन्दै सन्तोषले मेघौलीमा घर भएपनि श्रीमतीकै आग्रहमा वडा नम्बर १३ उजेली नगरमा घर निर्माण गरेको बताउनु भयो । श्रीमतीले पटक पटक माईती नजीक वस्ने भनेपछी विदेशबाट कमाएको पैसाले घर बनाएको बताउनु भयो ।

दुई दुई वर्षमा साउदीबाट नेपाल आउने गरेका सन्तोष दश महिना अगाडी मात्रै विदेश गएको बताउनु हुन्छ । हरेक महिना तलब पठाउने गरेको बताउदै सन्तोष भन्नुहुन्छ, “उनको नाममा २ कट्टा जग्गा छ । उनले घर छाडेको पाँच छ दिनपछी म घर अाँउदिन मलाई फोन नगर्नु । कि त म घर छोडेर जानु पर्छ कि त म मर्नु पर्छ भनेर उनले भाई बुहारीलाई फोन गरेकी रहीछन् ।”

सन्तोष मलिन अनुहार बनाउदै थप्नुहुन्छ, “जस्तो सुकै बाध्यता वा गार्हो अवस्थामा भएपनि सम्पर्कमा आउ ।”

आफुले शंका लागेको स्थानको खोजी गरीसकेको र प्रहरीलाई जानकारी गराउँदा पनि अहिलेसम्म पत्ता नलागेपछी पत्रकार सम्मेलन गरेर सञ्चार माध्यममा आउन बाध्य भएको सन्तोषको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस