शुरुमा मोडलिङ गर्दा केही व्यक्तिले यौ न प्रस्ताव राखेका थिए : स्वस्तिमा खड्का

स्वस्तिमा खड्का अहिलेकी निकै चर्चित नायिका हुन् । उनको फ्यान फलोइङ लोभलाग्दो रहेको छ । स्वस्तिमा खड्का डिबी खड्काको पुस्तक नियत को विमोचना कार्यक्रममा पुगेकी थिइन् ।

त्यहाँ उनले आफू मोडलिङको सुरुवाती दिनमा हुँदा केही व्यक्तिले यौनको प्रस्ताव समेत राखेको बताइन् । त्यसबेला आफूले ती कुराको वास्ता नगरेको भएतापनि त्यसको असर भने आफूलाई भएको उनले बताइन् । साथै स्वस्तिमाले निश्चलसँग विवाह गरेपछि चलचित्रकर्मी र दर्शकबाट पनि आफूले निकै सम्मान पाएको र आफूलाई कसैले गलत नियतले अहिले हेर्ने नगरेको बताइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस