यस्तो अवस्थामा भेटिईन प्रमिला ( भिडियो सहित )

बिगत १ महिना देखि हराईरहेकी चितवन उज्ज्वल नागरकि प्रमिला सुनार भैरहवा सुनौली बाट एक जना पुरुष संगै भेटिएकी छिन भन्ने खबर आएको छ। नयाँ पत्रिकाका चितवन संवाददाता तथा सिनर्जि एफएममा कार्यरत पत्रकार बिबेक पोखरेलको अनुसार प्रमिला सुनौलमा भेटीएको भन्ने जानकारी प्राप्त भएको छ। उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन, प्रमिला सुनौलमा भेटीएको भन्ने जानकारी प्राप्त भयो ।

यस अगाडी यो घटनालाई उनी पोखरेलले शुरुमा उठाएका थिए भने उनले हालेको भिडियो सिनर्जी एफ एमको पेजमा २० लाख भन्दा धेरैले हेरेका छन।

वैदेशिक रोजगारीमा साउदीमा काम गर्दै आएका पति सन्तोष सुनारको कमाएको पैसा र अन्य कागज सहित दुई बच्चालाई छोडेर प्रमिला गत मंगसिर २४ बाट हराएकी थीइन। स्रोतको अनुसार प्रमिला र प्रमिलाको साथमा एक जना पुरुष पनि फेला परेको बुझ्नमा आएको छ। यदेप्पी यसको बारेमा कुनै सार्वजनिक प्रेस बिज्ञप्ति भने आएको छैन।

श्रीमती हराएको भन्ने खबर सुनेर बिदेशबाट ईमरजेन्सी भिजामा आएका श्रीमान बिगतका केहि दिनदेखि रुँदै श्रीमतीको खोजीमा लागेका थिए भने उनले सबै मिडियालाई सहयोगको लागि अपिल गरेका थिए। उनको छिट्टै केहि दिनमा विदेश फर्कन पर्ने बाध्यता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस