आफ्नो जन्मभूमि नेपाल आइपुगिन मनिषा कोइराला, सम्मान स्वरुप सि-एर

काठमाडौं – अभिनेत्री मनिषा कोईराला नेपाल आइपुगेकी छिन् । नेपालले सार्वजनिक गरेको नयाँ नक्साको सर्मथनमा दिएको अभिब्यक्तिले चर्चामा आएकी अभिनेत्री मनिषा मंगलबार भैरहवाको बेलहिया नाका हुदै नेपाल आएकी हुन् । गाडिबाटै उनी नेपाल आएकी हुन।

उनले आफ्नो जन्मभूमिको सर्मथनमा दिएको निडर अभिब्यक्तिको अहिले नेपालमा सबैले तारिफ गरिरहेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा चाडै जारी हुने बिषयमा लेखेको ट्विटमा मनिषाले सानो राष्ट्र भए पनि नेपालको यो प्रयास सकारात्मक भएको उल्लेख गरेपछि भारतिय मिडियामा खैलाबैला मच्चिएको थियो ।

उनले गरेको उक्त ट्विटका कारण भारतीय मिडियाले उनलाई तुच्छ गालीगलौज गरेका थिए। भारतिय मिडिया उनीमाथि खनिएपनि मनिषा भने अलिकति पनि डगमगाएकी छैनिन् । सरकारले गएको जेठ ७ गते नै नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्शा सार्वजनिक गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस