अस्पतालमै पत्नीको जन्मदिन मनाए गायक प्रमोद खरेलले

काठमाडौं – चर्चित गायक प्रमोद खरेलकी पत्निको आज जन्मदिन परेको छ । गएको असार ३ गते छोरीका बाबु बनेका गायक खरेलले आज अस्पतालको सिसियु कक्षबाटै पत्निलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत छोरी जन्मेपछि अस्पतालमा भएका कुराहरु खोलेका छन् ।

उनले फेसबुकमा पत्निलाई फुल दिएको तस्बिर शेयर गर्दै भनेका छन् – असार १५ , उनको जन्मदिन, तर… …सधै जस्तो छैन यो असार १५ ,उनी CCU मा छिन्।
नियतीले यसपाली अस्पतालको CCU कक्षबाटै उनको जन्मदिन मनाउदैछौं ।स्वास प्रस्वास समस्या भएपछि छोरी जन्मेर सिधै NICU गइन्। जन्मेको ६ दिन पछि मात्र NICU बाट छोरी लाइ निकालेर भेट्न पाएकी उनी आफै फेरि १२ औं दिनमा CCU पुगिन । सुत्केरी अवस्थामा हुने घातक postpartum cardiomyopathy ले आक्रमण गरेपछि मुटुको मुटुले राम्रो काम गर्न नसकेर इमरजेंसी अल्का हुदै मनमोहन मुटु अस्पतालमा गम्भिर अवस्था मा पुगिन। तर अहिले धेरै सुधार छ ।

उता घरमा आज १९ औं दिन सम्मै इन्जेक्शन पम्प र नर्सको साथमा छोरी युद्ध जित्दैछिन। आज सॉझ डिस्चार्ज भइन भने जम्मा ३ दिन मात्र भेट भएका आमा छोरी को पुनर्मिलन हुनेछ। उपचारमा संलग्न डाक्टर नर्स प्रति नमन छ। आधा त्रास र आधा आशको समय पार गर्दै यो कठिन मोड़मा CCU मै उनलाइ जन्मदिनको अनगिन्ती अनगिन्ती शुभकामना, My bravo अब चॉडै ठिक हुनेछौ … प्रार्थना अनि कामना।

तपाईको प्रतिक्रिया दिनुहोस