रबि ओडको नयाँ गीत ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक

पछिल्लो समय टिकटक एप् एकदमै चर्चित छ ।यहि टिकटकको नाम लिएर एउटा म्युजिक भिडियो तयार भएको छ तिमी बिजी टिकटकमा ।गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको गीतमा संगीत समेत सम्झना आफैले भरेकी छिन भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ ।

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ ।म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्दशन गरेका हुन् ।भिडियोमा उत्सब दाहालको छायाँकन सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस