करिश्मा मानन्धरको कटाक्ष– जनताको प्राणभन्दा प्यारो प्रधानमन्त्रीको कुर्सी होइन

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले कोरोनाभाइरसको महा’मारी र यसबाट उत्पन्न परिस्थितिको सामना गर्नुपर्नेमा बेला पदका लागि भएका राजनीतिक संघ’र्षप्रति क’टा’क्ष गरेकी छन् । लकडाउनका कारण जनताले आर्थिक सं’कटदेखि भो’कमरी व्यहो’र्नुपर्ने अवस्थालाई निराकरण गर्नुपर्ने बेला कुर्सीका लागि भइरहेका राजनीतिक दा’उपे’चले जनता निराश बनेका उनको भनाइ छ ।

एक अर्कालाई आ’रोप लगाउन बुँदा ‘राष्ट्रियता’ बनाएको भन्दै उनले राष्ट्रियतालाई देखाएर पदमा बस्न चाहेको देख्दा अचम्म लागेको बताइन् । ‘ नेपाली जनताको प्राण भन्दा तपाईंहरुको अभिभावकीय कुर्सी त्यत्ति ठुलो होइन बुझ्नुस्’, करिश्माले भनेकी छन् ।

यसबारे सामाजिक सञ्जाल फेसबुकमा बुधबार उनले लेखेकी छन्, ‘लकडाउनको यो केही महिनामा सम्पूर्ण जनता आर्थिक सं’कट र मनसिक हिसाबले अन्यो’लमा परेर विभिन्न क्षेत्र आ’न्दो’लित भइरहेको यो अवस्थामा ,माहा’मारी र भुकमरिको व्यवस्थापन कसरी गर्ने भनेर सोच्नु पर्ने बेलामा राज्यका अभिभावकहरु सत्ता सं’घर्ष मै बढी ब्यस्त देख्दा म जस्तो सामान्य नागरिकलाई येति अचम्म लाग्छ भने बिज्ञहरुलाइ कस्तो लाग्दो हो ।

फेरि एकअर्कोलाई आरोप लगाउने मुख्य बुदा नै राष्ट्रियता ! अझ एक वरिष्ठ अभिभावकले त माहाकाली सन्धि गर्दा पहिलै मैले येस्को मुहान निश्चित गरेर मात्रै गरु भनेको थिये रे !!अर्को अभिभावकले चै म जस्तो अडान लिएर छिमेकी संग कुरा राख्ने को छ रे हे भगवान,अफ्नो मनलागी गर्नु भनेको होइन ,कुरा राख्नुस नै भनेको हो।

जे गर्दा पनि अभिभावकले समयको माग र परिस्थिति अनुरुप गर्नुस भनेको हो । बिदेशीको दवाबमा मेरो पद जान लाग्यो भनेर राष्ट्र हाक्ने मानिसले अभिव्यक्ति दिदा तपाईमा भर परेका जनतामा कस्तो असर पर्ला ?येस्तो माहामारी फैलिएको बेलामा जनता सडकमा उत्रिए का छन किन होला जस्तो प्रश्न आउदैन मनमा ? नेपाली जनताको प्राण भन्दा तपाईंहरुको अभिभावकिय कुर्सी तेति ठुलो होइन बुझ्नुस ।’

तपाईको प्रतिक्रिया दिनुहोस