सिराहामा नहरमा डुबेर सशस्त्र प्रहरी जवानको ज्यान गयो, इलाममा पनि एक व्यक्तिको डुबेर निधन

नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महोत्तरीकने सोनबा गाउँपालिका–३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

इलाममा खोलामा डुबेर एकको मृत्यु

इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ । देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

सोमबार दिउँसोदेखि हराइरहेका चापागाईँ मङ्गलबार उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएको थियो ।

आत्मह त्या गरेको वा खोला तर्ने क्रममा मृत्यु भएको भन्नेबारे जानकारी नआइसकेको बताइएको छ । कसैले चापागाईँको मृत्यु गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।

स्रोत:केटीऐम दैनिक

तपाईको प्रतिक्रिया दिनुहोस