तिमीले छोडी गएको यही समाजमा संघर्ष गर्दै छु, सारै कठिन हुदो रहेछ प्रकाश

काठमाण्डौं । आज असार १७ अर्थात् प्रकाश दाहालको ३९ औं जन्मदिन ! नेकपा अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा स्वर्गिय प्रकाश दाहालको जन्म दिनमा प्रकाशकी श्रीमती खानेपानी मन्त्री बिना मगरले फेसबुक पेजमा एक भावुक स्टायाटस पोष्ट गरेकी छन । तिमीले छोडी गएको यही समाजमा संघर्ष गर्दै छु, सारै कठिन हुदोरहेछ भन्दै पोष्ट गरिएको भावुक स्ट्याटस यस्तो छः

तिमी पो महान थियौ र जीवनको हरेक चुनौतीहरु सहजै पार गर्यौ ।आज म तिमीले छोडी गएको यही समाजमा संघर्ष गर्दै छु। कठिन हिदोरहेछ प्रकाश, सारै कठिन हुदोरहेछ। म तिमी कहाॅ हु र,संघर्षका जंघार सहजै तर्न सकु। केबल तिम्रो सिको गर्दै जीवनका हरेक कठिन मोडहरु पार गर्ने कोसिसमा छु अनि हाम्रा सपनाका थुंगाहरु फेरी उन्ने पर्यत्नमा छु। तिमीलाई जन्मदिनको अपार शुभकामना । love you so much Prakash

तपाईको प्रतिक्रिया दिनुहोस