साउदीमा एक नेपालीको मृ’त्यु, जीवितै परिवार सम्म पुग्ने ईच्छा पूरा भएन

बैदेशिक रोजगारीको सिलसिला लामो समयदेखि साउदको टमिमी ग्लोबल कम्पनीमा कार्यरत रहेका संखुवासभा खाँदबारी नगरपालिका १० चन्दन्पुरका निवासी दिनेश कुमार श्रेष्ठ ( गणेश श्रेष्ठ ) को मृत्यु भएको छ ।

बिगत ३ महिनादेखि स्वास्थ्यमा समस्या आएको कारण साउदी एक अस्पतालमा उपचार गराई रहेका थिए । उनको दुबै मृगौला फेल भएको तथा ब्लड क्यान्सरको कारण मृत्यु भएको रविन ढकालले जानकारी दिए ।
ढकालका अनुसार झन्डै २० वर्षदेखि साउदीमा कार्यरत रहेका श्रेष्ठको आवश्यक हेरचाहा नपुगेको र डाक्टरले राम्रोसँग ख्याल नगरेको कारण असार १४ गते अस्पतालमै मृत्यु भएको थियो ।

जीवित हुदा नेपाल आउने धेरै इच्छा ब्यक्त गरेका थियो तर जीबित छदा ल्याउन नसके पनि अन्तिम संस्कार नेपालमै गर्ने परिबारले चाहाना रहेको छ । त्यसैले साउदीस्थित सामाजिक अभियानता, संघ संस्था लगायत नेपाली महानुभावहरुले पहलकदमी गरि मृत शरिरलाई नेपालसम्म ल्याउन सहयोग गरिदिन समेत ढकालले आग्रह गरेका छन् ।

स्रोत: साझा सबाल

तपाईको प्रतिक्रिया दिनुहोस