बलिउड कलाकार अनुपम खेरसहित परिवारका चारजना कोरोना संक्रमित

बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका चार जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।अनुपमसहित उनकी आमा, भाउजु र भतिजीलाई संक्रमण भएको उनले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

अनुपमले लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजु र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।
म आफैंले पनि परीक्षण गरे र मैले आफ्नो रिपोर्ट नेगेटिभ पाएको छु।’भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा बलिउडका बादशाह भनी चिनिने अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई पनि संक्रमण भएको छ ।

अमिताभ अस्पताल भर्ना भएको केही घण्टामै अनुपमले आफूसहित परिवारका चार जनालाई कोभिड १९ पोजिटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस