म्याग्दी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २८ पुग्यो, १९ जनाको सामूहिक अन्त्येष्टि गर्दा गाँउ नै आँशुमा डुब्यो

म्याग्दी – अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ । बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको प्रहरीले जनाएको छ ।रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा पहिरो गएको थियो ।

यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो । बाढी र पहिरोमा परेरधवलागिरी–६, मराङ ९कल्लेनीका० जनिमा केसी, सबिन पुन मालिका–७, बिमकी एलिसा केसी, र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै फो पर्न नसकेको र उनीहरुको खोजी भइरहेको बताइएको छ ।

पहिरोमा परेर घाइते भएका दुईजना गर्भवतीसहित हेलिकोप्टरमार्फत उद्धार गरेर बेनी, पोखरा र काठमाण्डौमा उपचारका लागि पठाइएको छ । म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५ सय ९० जना, मालिकाका १ सय ९६ जना, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८ सय ९६ जनालाई सुरक्षित स्थानमा राखिएको बताइएको छ ।

मराङको पहिरोमा ज्यान गुमाएका १९ जनाको आइतबार सामूहिक तथा एकल अन्त्येष्टि गरिएको छ । पहिरोमा पुरिएको अवस्थामा उद्धार गरी ल्याइएको शवलाई अन्त्येष्टि गर्ने क्रममा सबै शोकमा डुबेका थिए भने त्यहाहाको महोल अत्यन्तै भाबबिब्हल भएका थिए । सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका दुई परिवारका ७ जनाको एउटै चिहानमा अन्त्येष्टि गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस