घरमाथिबाट आएको पहिरोले पुरिएर आमाछोराको ज्यान गयो, तल्लो तलामा सुतेका छोरीहरु भागेर बाच्न सफल

बैतडी -बैतडीमा पहिरोले घर पुरिएर आमाछोराको ज्यान गएको छ । ज्यान जानेमा र ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षका छोरा रिकेश बोहरा रहेका छन् । डिलाशैनी गाउँपालिका वडा नम्बर ४ को मठैराजमा घर माथिबाट आएको पहिरोले पुरिएर उनीहरुको घटनास्थलमै ज्यान गएको हो । पहिरोले घरको माथिल्लो तला च्यापिँदा आमाछोराको निधन भएको हो । तल्लो तलामा सुतेका छोरीहरु भागेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।
**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

तपाईको प्रतिक्रिया दिनुहोस