रचना रिमालको आवाजमा म’न छु’ने गित (भिडियो सहित

नेपालगन्ज : पछिल्लो समयकी लोकप्रिय अनि व्यस्त गायिका रचना रिमालको फेरि अर्को नयाँ गीत रिलिज भएको छ। बुधबार रिलिज भएको “तिमी बिना” बोलको गीत रचना रिमालकै सुमधुर आवाज रहेको छ। गीतमा रचना प्रधानको उत्कृष्ट शब्द अनि नगेन्देअ श्रेष्ठको संगीत रहेको छ।

माया प्रेममा आधारित उक्त गीतको अडियो एकदम सशक्त छ। पछिल्लो समय आइरहेका गीतहरू मध्ये यो गीत बिल्कुलै फरक छ। गीत सुन्दा रचनाको आवाजमा पनि निखारपन आएको महसुस गर्न सकिन्छ।

गीतको भाव अनुसार भिडियो पनि अब्बल बनेको छ। प्रेम सम्बन्धमा रहेको एक प्रेमिल जोडि, जुन जोडि कारणबस संगै नभएको, भेट्न नपाएको पिडालाई भिडियोमा देखाइएको छ। भिडियोमा रितु पौडेल र डेविड सुवेदी फिचर्ड छन् । उनीहरूले भिडियोमा जीवन्त अभिनय निभाएका छन् ।

भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् । अवेश बज्राचार्यले खिचेको भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका हुन् । भिडियो रचना रिमालको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो।

हेर्नुस् भिडियो…

तपाईको प्रतिक्रिया दिनुहोस