दीपाश्रीले जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर मागिन् माफी

काठमाडौं । नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । ‘महानायक’ विवादपछि जन्मदिनको अवसरमा फेसबुकमा भिडियोमार्फत उनले हात जोड्दै भनिन्, ‘मेरो अभिव्यक्तिले तपाइहरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनुहोला ।’

दीपाले समस्याबाट भाग्न भन्दा पनि समस्यालाई व्यवस्थापन गर्नु ठूलो कुरा रहेको बताउँदै आफ्नो ३० वर्ष लामो कलाकारिताको दौरानमा आधी समय पीडादायी नै भएको बताएकी छिन् । हाँस्य सिरियल ‘तितो सत्य’ रिलिज भएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको तर्क छ ।उनले, आफूले सिरियल र चलचित्र निर्माणबाट दर्शकको धेरै माया पाएपनि व्यक्तित्व विकासमा भने आफ्ना धेरै कमजोरी रहेको स्विकार गरेकी छिन् । दीपाले सफलतासँगै गाली आफूहरुको भाग्यमा जोडिएर आएको पनि उल्लेख गरेकी छिन् ।दीपाले सबैको मायाले आफू माथि उठ्न सकेको पनि बताएकी छिन् । उनले जन्मदिनको अवसरमा प्रण गर्दै भनेकी छिन्, ‘अबदेखि यस्तो गल्ती दोहोर्याउने छैन । आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिनेछु । राम्रो चलचित्र बनाएर दर्शकमाझ पस्कनेछु ।’

तपाईको प्रतिक्रिया दिनुहोस