राजु परियारको आवाजमा आयो सन्देश मुलुक तिज गीत “नरोन ए न्याउली चरी” (भिडियो सहित)

काठमाडौं / महान पर्व तिज नजिक नजिक आइरहेको बेला ,कतिपय नाच्ने नचाउने त कतिपय बिरहका त कतिपय समय सान्दर्भिक गित बजारमा आइरहेका छन।यसै क्रममा गायिका तथा सर्जक कल्पित मिनु कार्किको शब्द रहेको ” नरोउन ए न्याउली चरी( मेरी बुढी बिग्री) गित भर्खरै सार्बजनिक भएको छ।

घर घरमा टिकटकले गर्दा बुढी र भट्टि धाएर बुढा बिग्रेको कुरालाइ समेटेर बनाइएको गितमा स्वरका धनी कलाका खानी गायक राजु परियार र पारु खड्काको स्वर बिष्णु बि सि को लय र मोडल बिमल अधिकारी र सारिका केसि को अभिनय रहेको छ। जसमा अति सान्दर्भिक यथार्थपरक र रमाइला दृश्य देख्न पाइन्छ।भावना म्युजिक सोलुसन युट्युब च्यानल मार्फत बजारमा ल्याएको उक्त गितको भिडियोलाइ बिष्णु बि सि ले निर्देशन सागर गौतमले छायांकन र दिपक बिस्टले सम्पादन गरेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस